प्याराग्लाइडिङ खेलाडी निसिमको अन्त्येष्टी
पाेखरा | असोज ३१, २०७९
पोखरा । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत आइतबार खेलका क्रममा निधन भएका त्रिभुवन आर्मी क्लबका प्याराग्लाइडिङ खेलाडी निसिम थापा मगरको आज अन्त्येष्टी गरिएको छ ।
निसिमको रामघाटमा आज बिहान १० बजे अन्त्येष्टी गरिएको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को तालिम तथा प्रशिक्षण विभागका निर्देशकले जानकारी दिए ।
उनलाई श्रद्धाञ्जली दिन राखेपका सदस्यसचिव, गण्डकी प्रदेश खेलकुद परिषद्का पदाधिकारी, राखेपका विभिन्न विभागको विभागिय प्रमुख लगायतको उपस्थिती भएका थिए ।
आइतबार पोखरा महानगरपालिका १८ स्थित सराङ्कोटमा क्रस कन्ट्री प्याराग्लाइडिङ भइरहेको थियो । त्यसै क्रममा आकाशमा उडिरहेको प्याराग्लाइडिङ करिब १०० मिटरमाथिबाट जमिनमा खसेको थियो ।
प्याराग्लाइडिङ उडाइरहेका निसिम गम्भिर घाइते भएका थिए । घाइते थापालाई थप उपचारका लागि पोखरा सिर्जन चोकस्थित मेट्रोसिटी अस्पतल ल्याइएको थियो । सोही अस्पतालमा करिब १२ः ४५ बजे उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।
यसैबीच निसिमको निधनमा श्रद्धाञ्जली प्रकट गर्न नवौं राष्ट्रिय खेलकुदअन्तर्गत आजको सबै खेलअघि एक मिनेटको मौनधारण गरिएको थियो ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

